पूर्वी टर्कीमा आएको भूकम्पका कारण १८ जनाको मृत्यु भएको छ । पाँच सय भन्दा बढी घाइते भएका छन् । ६ दशमलव ८ म्याग्नीच्युटको भूकम्पका कारण भएको भग्नावशेषहमा अझै केही व्यक्ति फसिरहेको हुन सक्ने स्थानीय अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।


ADVERTISEMENT


एलाजिग प्रान्तको सिभ्रिस शहरमा केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सयौं घरहरुमा क्षति पुगेको बताइएको छ । टर्कीको आपतकालीन व्यवस्थापन प्राधिकरणले राहत सामग्रीसहित उद्धारकर्मीहरु परिचालन गरिएको जनाएको छ ।


ADVERTISEMENT

# # #


भूकम्पको धक्का छिमेकी राष्ट्रहरु सिरिया, लेबनान र इरानमा पनि महसुस गरिएको बताइएको छ ।
भूकम्पपछि परकम्पन आउने क्रम जारी रहेकाले सचेत रहन सुझाइएको छ ।