बागमती सफाई महाअभियानले ३ सय ५० हप्ता पूरा गरेको छ । वि.सं २०७० जेठ ५ गते गुह्यश्वरी मन्दिरको प्रांगणबाट शुरु गरिएको महाअभियानले ७ वर्षको अवधिमा बाग्मती नदीमा वर्षौंदेखि थुप्रिएका १२ हजार टन भन्दा बढी फोहर उठाइएको छ भने करीब १० लाखभन्दा बढी स्वयंसेवीहरुले यसमा समय दान गरेको बाग्मती सफाई महाअभियानले जनाएको छ । यस अवसरमा आज बिहानैबाट काठमाडौंको त्रिपुरेश्वरस्थित बागमति नदी किनारमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।


ADVERTISEMENT


कार्यक्रममा नेपाल सरकारका विभिन्न निकायहरु, सामाजिक र धार्मिक संघ संस्थाहरु तथा बाग्मती सफाइ अभियन्ताहरुको संयुक्त प्रयासमा संचालित अभियानमा देशभरिका सरकारी, गैरसरकारी संस्था, निकाय तथा व्यक्तिहरुको सहभागिता रहँदै आएको छ । अभियानमा विदेशी विशिष्ट व्यक्तित्व, नेपालस्थित विदेशी नियोगका कर्मचारीहरुले पनि सहभागिता रहेको अभियन्ता राजकुमार भट्टराइले जानकारी दिनुभयो ।


ADVERTISEMENT

# # #


बागमीतबाट सुरु भएको अभियान अहिले बाग्मतीका शाखा नदीहरु विष्णुमती, धोवीखोला, हनुमन्ते, मनोहरा, गोदावरी, बल्खु एवं चक्रपथका विभिन्न स्थान तथा भित्री टोलहरुमा समे विस्तार भएको छ । त्यस्तै उपत्यका बाहिर करिब ९० स्थान भन्दा बढी शहर बजारमा स्थानीयबासीको सहभागितामा सफाइ कार्यक्रमहरु संचालन भइरहेको छ ।

बाग्मती सफाई महाअभियान संचालन हुनथाले पछि बाग्मती नदी क्षेत्रको वातावरणमा सुधार भएको, नदी पहिले भन्दा निकै सफा भएको, विभिन्न स्थानमा हरियाली पार्कको निर्माण भएको आयोजकको भनाई छ । अहिले नदीमा ठोस र तरल विसर्जन गर्ने काम रोकिएको छ भने बालुवा चोरी र नदीको जग्गा अतिक्रमणमा नियन्त्रण भएको छ । नदी किनारका सम्पदाहरुको संरक्षण हुनाका साथै स्थानीयवासीहरुको पहलमा वृक्षरोपण गर्ने, विश्रामस्थल निर्माण गर्ने कार्यहरु पनि अघि बढिरहेका बाग्मती सफाई महाअभियानले बताएको छ ।

बाग्मती सफाइ महाअभियानले ३५० हप्ता पूरा गरेको अवसरमा काठमाडौं महानगरपालिकाको वडा नं ११ को पहलमा वडाबासीहरुलाई सरसफाई कार्यमा उत्प्रेरणा दिई सक्रिय गराउने उद्देश्यले विभिन्न कार्यक्रमहरुको घोषणा गर्ने तयारी गरेको छ ।