एजेन्सी । एफ ए कप फुटबलको चौथो चरणमा टोटनह्यामले बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा टोटनह्यामले साउथह्याम्टनसंग १–१ गोलको बराबरी खेलेको हो ।सन ह्युङ मिनले ५८ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेल सकिन तीन मिनेट अगाडी सोफियान बोफालले साउथह्याम्टनलाई बराबरीमा ल्याएका थिए ।


ADVERTISEMENT


जियोभानी लो सिल्सोको पासलाई सदुपयोग गर्दै कोरियाली फरवार्डले गोल गर्दै टोटनह्यामलाई पाँचौ चरणको बाटो देखाएका थिए । तर अन्तिम समय सम्हालिन नसक्दा टोटनह्यामले पुन अर्को खेलको नतिजा पर्खनुपर्ने भएको छ ।बराबरीको नतिजासंगै टोटनह्याम र साउथह्याम्टन पुन एक पटक सेन्ट मेरी स्टेडियममा भिड्नेछन् ।


ADVERTISEMENT

# # #