एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शनिबार राति भएको खेलमा घरेलु टोली भ्यालेन्सियाले बार्सिलोनालाई २–० ले हराएको छ ।हारसंगै बार्सिलोनाले लिगमा तीन अंकको अग्रता लिने अवसर गुमाएको छ ।


ADVERTISEMENT


जोर्डी अल्बोको आत्मघाती गोलसंगै भ्यालेन्सियाले ४८ औं मिनेटमा अग्रता लिएको थियो ।७७ औ मिनेटमा म्याक्सी गोमेजले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए ।


ADVERTISEMENT

# # #


खेलको १२ औं मिनेटमा भ्यालेन्सियाले खेलमा अग्रता लिने अवसर गुमाएको थियो ।ड्यानी गोमेजको पेनाल्टी प्रहारलाई बार्सिलोनाका गोलकिपर टेर स्टिगेनले उत्कृष्ट ढङ्गले बचाउ गरेका थिए ।

सन् २००७ पछि घरेलु मैदानमा भ्यालेन्सियाले बार्सिलोनामाथि पहिलो जित दर्ता गराएको हो । बार्सिलोनाको २० खेलबाट ४३ अंक छ । भ्यालेन्सिया ३४ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।