काठमाडौँ – सत्तारुढ दल नेपाली काँग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।


ADVERTISEMENT


पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा काँग्रेसको १४औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।


ADVERTISEMENT

# # #


आजको बैठकमा गत शुक्रबार बसेको बैठकले गरेको सहमति अनुमोदन गर्ने शर्माले बताउनुभयो । शुक्रबारको बैठकमा १४ औं महाधिवेशनको मिति यथावत राखी तल्ला तहको कार्यतालिका संशोधन गर्ने, क्रियाशिल सदस्यता छानविन समिति बनाउने, नेविसंघको महाधिवेशन आयोजक समिति गठन गर्ने लगायत सहमति भएको थियो ।