नवनिर्वाचित सभामुख अग्नि सापाकोटाको सपथ आज हुँदैछ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज विहान ११ बजे शपथ गराउने कार्यक्रम तय भएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।


ADVERTISEMENT


सापकोटा सभामुखमा निर्वाचित भएको जानकारी संघीय संसद सचिवालयले राष्ट्रपतिको कार्यालयलाई हिजै जानकारी गराइसकेको छ ।  सभामुख सापकोटाले आजै पदभार ग्रहण गर्ने समेत योगीले बताउनुभयो । सभामुख सापकोटाले आफ्नो पहिलो बैठक भोलि १ बजे सञ्चालन गर्नुहुनेछ ।


ADVERTISEMENT

# # #