एजेन्सी –बास्केटबलका जादूगर खेलाडी कोबी ब्रायन्ट र उनकी छोरीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । अमेरिकाको क्यालिफमा ब्रायन्ट र उनकी छोरी गायना लगायत ६ जना सवार हेलिकोप्टर दुर्घटना भएको हो ।


ADVERTISEMENT


हेलिकोप्टरमा सवार सबैको मृत्यु भएको छ । लस एन्जेलस टाइम्सका अनुसार कुहिरोका कारण हेलिकोप्टर दुर्घटना भएको थियो । बाक्लो कुरोले गर्दा उदार टोलीलाई दुर्घटनास्थलसम्म पुग्न सकस भएको थियो ।


ADVERTISEMENT

# # #


४१ वर्षीय कोबी ब्रायन्टले २० वर्ष लामो बास्केटबल करियरमा थुप्रै कीर्तमान आफ्नो नाममा लेखाएका छन् । उनले २००८ र २०१२ को ओलम्पिकमा अमेरिकाका लागि दुई स्वर्ण पदक दिलाएका थिए । २०१८ मा ‘डियर बास्केटबल’ नामक छोटो फिल्मका लागि उनले ओस्कर अवार्ड समेत जितेका थिए ।

ब्रायन्टको निधनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्व राष्ट्रपति बराक ओबामा लगायतले दुःख व्यक्त गरेका छन् ।