काठमाडौं– प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दाको पेसी आजपनि न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।


ADVERTISEMENT


अग्नि सापकोटालाई नेकपाले सभामुख उम्मेदवार बनाउने निर्णयलगत्तै वरिष्ठ अधिवक्ता दिनेशराज त्रिपाठीले व्यक्ति हत्याको आरोपमा मुछिएको व्यक्तिलाई सभामुख बनाउन लागिएको भन्दै रिट दायर गरेका थिए । मुद्दाको पेसी तोकिएको तेस्रो दिन पुनः यो मुद्दा न्यायाधीश सपना प्रधान मल्लकै इजलासमा परेको हो ।


ADVERTISEMENT

# # #


यसअघि पहिलो दिन न्यायाधीश हरि फुयाँलको इजलासमा यो मुद्दा परेको थियो । फुयाँलले हेर्न नमिल्ने भन्दै मुद्दा पन्छाएपछि सोमबार न्यायाधीश मल्लको इजलासमा मुद्दा परेको थियो ।

सभामुखमाथि लागेको अभियोगबारे सर्वोच्चमा सोमबारबाट बहस सुरु भएको छ । पहिलो दिन निवेदकको तर्फ त्रिपाठी, सुनील पोखरेल, बाबुराम गिरी, अनन्त लुइँटेल र राजु चापागाईँले बहस गरेका थिए । हिजोको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

न्यायाधीश प्रधानको इजलासमा आजएउटै मात्र पेसी तोकिएको छ ।