काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्नुपर्ने लगायत धेरै काम बाँकी रहेको बताएका छन्।


ADVERTISEMENT


मंगलबार संसदको सम्बोधनमार्फत नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई बधाई तथा शुभकामना दिँदै  प्रधानमन्त्री ओलीले लामो लमेदेखि प्रतीक्षामा रहेको एमसीसी पारित गर्नुपर्ने बताए ।  ‘धेरै अगाडि देखि विभिन्न चरण पार गर्दै आएको, ६/७ जना प्रधानमन्त्रीका कार्यकाल गुजारेको र अनुमोदनको प्रतीक्षामा रहेका एमसीसी जस्ता कुराहरु पारित गर्नुपर्नेछ ।’ उनले भने, ‘यस्ता अनेक विषय हाम्रा अगाडि छन् । जसको सम्बन्धमा म सविस्तार पछि गर्नेछु । ’


ADVERTISEMENT

# # #


उनले तीब्र गतिमा अगाडी बढेको दुनियाँलाई पक्रिन नसके पछि पर्ने बताए। ‘दुनियाँ तीब्र गतिमा अघि बढेको छ। विकासलगायतले अघि बढेको छ। हामीले तयो गति पक्रिन सकेनौं भने पछि पर्छौ।’ यसको नेतृत्व अहिलेको सरकारले गर्ने भन्दै उनले सम्पूर्ण संसदलाई सहयोग आग्रह गरे ।

सभामुख चयनमा सर्वसम्मत हुनु स्वागत योग्य र सकारात्मक रहेको बताए ।  ‘सभामुख सर्वसम्मत रुपमा चयन हुनु भएको छ । यो राम्रो लक्षण हो कि कहीँ कतै असहमति र विरोधका पक्षहरु रहेनन् ।’ उनले भने, ‘यही भावका साथ आगामी दिनमा संसद अगाडि बढ्नेछ ।’

संविधानको मर्म र भावना अनुसार सभामुख अगाडि बढ्ने विश्वास व्यक्त गर्दै उनले त्यसका लागि आफ्नो व्यक्तिगत र सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताए । सभामुख चयनमा केही ढिला भएपनि अब सरकार र संसदले आफ्नो काम तीव्र गतिमा अगाडि बढाउनुपर्ने उनले बताए  ।

लोकतान्त्रिक शक्ति एकतावद्ध भएकै कारण उनले निरंकुश राणा शासन र राजतन्त्र हटेको उदाहरण दिँदै उनले देशको आजको प्राथमिकतालाई हेरेर लोकतान्त्रिक प्रणाली अनुसार एक भएर अगाडि बढ्नुपर्ने सुनाए ।