काठमाडौँ – धरानलाई कर्मथलो बनाएर साहित्य सिर्जनामा लागेकी भोजपुरकी कवियत्री करुणा राईले काठमाडौँमा एकल कविता वाचन गरेकी छन् ।


ADVERTISEMENT


‘बरण्डामा तिमी’ शीर्षकमा आयोजित एकल कविता वाचन कार्यक्रममा राईले आफ्ना दश कविता पस्किएकी छन् । ‘जुत्ता’, ‘आमा’, ‘दाइजो’, ‘अस्पतालमा आप्पा’, ‘भ्रम’, ‘आँशु’, ‘घाइते सम्झना’ शीर्षकका कविताबाट दर्शकले आनन्द लिए । कवि चन्द्र रानाहँछाले ‘मैले रित्याएको मलाई’ र रेडियोकर्मी सुष्मा राईले ‘याद’ शीर्षकको उनका कविता वाचन गरी सघाएका थिए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा सुदीप पाख्रिनको परिकल्पना तथा वीरेन सुब्बाद्वारा निर्देशित राईको ‘बरन्डामा तिमी’ शीर्षक कवितामा निर्मित काव्य भिडियो प्रदर्शन गरियो । युनिक फोटोग्राफी धरानको प्रस्तुति रहेको काव्य भिडियोमा सन्तोष थेवे र जीना तामाङले अभिनय गरेका छन् ।

कवि भूपाल राईले करुणाका कविता परिपक्वताले पूर्ण भएको बताए । कवि विप्लव ढकालले उनका कविता दुई चार कविता लेखेर रातारात सेलिब्रेटी हुनेका तुलनामा कैयौँ गुना अब्बल रहेको जिकिर गरे । कार्यक्रम नेपाली वाङ्मय परिषद् र गोर्खा बुक्सले आयोजना गरेका थिए ।

राईको ‘मन फुलेको बेला’ गजलकृति प्रकाशित छ भने राजु सिंहको सङ्गीत र आभा मुकारुङको स्वरमा एउटा गीत रेकर्ड भएको छ ।