सुर्खेत – टिपरले किचेर एक युवकको मृत्यु भएपनि उत्पन्न भएको प्रदर्शनले उग्र रुप लिएपनि विरेन्द्रनगरमा कर्फ्यु आदेश जारी भएको छ ।


ADVERTISEMENT


टिप्परको ठक्करबाट वीरेन्द्रनगरमा एकजनाको मृत्यु भएपछि उत्तेजित भीडले थप क्षति गर्नसक्ने भन्दै प्रशासनले कर्फ्यूको आदेश जारी गरेको हो । मङ्गलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट कर्फ्यु लगाउने निर्णय भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


ADVERTISEMENT

# # #


वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिक कालीकोट महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहलाई आज बिहान टिपरले किचेर मृत्यु भएको थियो । मृतक सिंह सवार रहेको भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ को टिपरले ठक्कर दिएको थियो ।

सिंहको मृत्यु भएपछि आफन्त र स्थानीयले यरिचौक र गौतमचोकमा टायर बालेर नाराबाजी र विरोध प्रदर्शन गरेका छन् । नाराबाजीको क्रममा प्रहरीले २ राउन्ड हवाइ फायर समेत गरेको छ।

सुरक्षा स्थितिलाई नियन्त्रणमा लिनको लागि ६ः३० बजेदेखि माघ १५ गते बिहान ६ बजेसम्मको लागि कर्फ्यु आदेश जारी भएको छ ।

सुर्खेत प्रहरी प्रमुख डिल्लीराज पन्तका अनुसार कर्फ्यु आदेश जारी भएको क्षेत्रभित्र कसैले आवातजावात गर्न, भेला जम्मा हुन र अन्य कुनै किसिमको गतिविधि गर्न पाइने छैन ।