काठमाडौँ– बाढी पहिरोले मुलुकमा समस्या आएकोले आफनो माग पुरा नभएपनि डा. गोबिन्द केसीले आज साँझ अनसन तोड्ने भएका छन् ।


ADVERTISEMENT


माथेमा कार्यदलले दिएको सुझावको आधारमा चिकित्सा शिक्षा विधेयक पारित हुनु पर्ने, चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितताको हटाउनु पर्ने, आइओएम र मातहतमा रहेका शिक्षण अस्पताल सुधार हुनु पर्ने लगायतका माग राखेर २३ दिन देखि अनुसनमा छन् ।


ADVERTISEMENT

# # #


‘तराईमा बाढीले डुबानमा परेकोले अनसन स्थगित गर्न लाग्नु भएको हो,’अनसनस्थलमा रहेका केसीको आफन्त अनिल कार्कीले भने,‘बाढीले गर्दा उपचार नपाएर मृत्यु भएको बालकलाई नदीमा बगाएको फोटो देखेर उहाँ चिन्तित हुनुभयो । अनि अनसन स्थगित गर्ने निर्णय गर्नु भएको हो ।’

उनको स्वास्थ्य अवस्था सोमबारदेखि थप समस्या देखिएपछि मंगलबारदेखि आइसियूका टीम समेत खटिएका थिए । मंगलबार उनको रक्तचाप कम भएपछि स्लाईनको मात्रा बढाइएको उपचारमा खटिएका चिकित्सकले जानकारी दिए ।