काठमाडौँ– नेपाल बार एसोसिएसनको आज बसेको बैठकले तराईमा वर्षाका कारण भएको बाढी पहिरो पीडितलाई सहयोग गर्न रु एकलाखको कोष खडा गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


बाढी पीडितका लागि रु एक लाखको कोष खडा गरी वाणिज्य बैंकको खाता नम्बर ३४४३२ मा बचत गर्न सम्पूर्ण कानुन व्यवसायी, बार एकाइ तथा इच्छुक संघसंस्थालाई आग्रह गरेको बारका महासचिव खुम्बबहादुर खातीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


अविरल वर्षाका कारण विशेषगरी तराईमा आएको बाढी कारण कयौको ज्यान गएको छ भने कतिपय घरबारविहीन भएकोप्रति बार मर्माहत भएको र यस दुःखद् घडीमा सहयोग गर्न एसोसिएसनले सबैमा अपिल गरेको छ ।