जिबन के हो भनेर बुझ्न सकिन मैले
के गर्दा जिबन खुशी र सुखी हुन्छ भनेर खोज्न सकिन मैले
म आफै कुहिरो मा हराएको काग जस्तै भएछु
न भेट्न सक्छु खुशी न मेटाउन सक्छु इच्छा
रणभूलमा परेर सकिदै छ जिन्दगी ।
धमिरो लागि सकेको यो शरिर
कसलाई के थाहा कहाँ अन्त हुने हो यो जिबन
त्यही परखाइ मा छन् दिनहरु् ।