भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी साधनमा आधुनिक प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट जडानलाई निरन्तरता दिने तयारी गरेको छ । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने कार्य रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि पुन: प्लेट जडानको बाटो खुलेको हो ।


ADVERTISEMENT


पर्यटन व्यवसायी भरतकुमार बस्नेतले हालेको रिट गत मंसिरमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पााच न्यायाधीशको संवैधानिक इजलासले खारेज गरेपछि मन्त्रालयले नम्बर प्लेट जडानलाई निरन्तरता दिन लागेको हो ।


ADVERTISEMENT

# # #


बस्नेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत विपक्षी बनाई सर्वोच्चको संवैधानिक इजलासबाट हेरिने गरी ६ फागुन ०७४ मा रिट दर्ता गराउनुभएको थियो । देवनागरीको सट्टा अंग्रेजीमा नम्बर प्लेट लेखेको भन्दै सर्वोच्चमा रिट हालिएको थियो । यातायात व्यवस्था विभागका अनुसार हालसम्म करिब ४ हजार ६ सयवटा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसकिएको छ ।