काठमाडौँ – अघिल्लो हप्ता चीनको उहान सहरमा पहिलो पटक देखिएको श्वास प्रश्वाससम्बन्धी कोरोना भाइरस अहिले विश्वका १३ भन्दा बढी देशमा फैलिएको छ । चीनमा मात्रै कोरोना संक्रमित १०० भन्दा बढी व्यक्तिले ज्यान गुमाइसकेका छन् भने २० हजारभन्दा बढी संक्रमित भएका छन् ।


ADVERTISEMENT


यस भारसका संक्रमित नेपालमा पनि भेटिएका छन् । पछिल्लो समय तीव्र रुपमा संक्रमण बढीरहेको यो भाइरसले निमोनियाको संक्रमण देखाउँछ । त्यो लम्बिएमा बिरामीको मृत्यु समेत हुनेगर्छ । यो भाइरसको जोखिम न्यूनीकरणका लागि सावधानी अपनाउन डाक्टरले सल्लाह दिइरहेका छन् ।


ADVERTISEMENT

# # #


कारोना भाइरसकोका लक्षण

कोरोना भाइरसको लक्षण स्वाइन फ्लूको जस्तै हुन्छ । यसको संक्रमण भएमा निम्न लक्षण देखिन्छन् ।

१. स्वासप्रश्वास सम्बन्धी समस्या उत्पन्न हुनु,
२. खोकी लाग्नु, घाँटी खसखस हुनु,
३. टाउको दुख्नु,
४. ज्वरो आउनु,
५. मिर्गौलामा समस्या पैदा हुनु,
६. निमोनिया हुनु  ।

कोरोना भाइरसको संक्रमण सुरुवमा ज्वरो आएर हुने गर्छ । त्यसपछि सुख्खा खोकी लाग्ने गर्छ र यो स्थिति हप्ताभरि जारी रहन्छ । त्यसपछि श्वास प्रसासमा समस्या हुने, टाउको दुख्ने लगायतका समस्याहरु देखा पर्छन् ।

बच्ने उपाय

विश्व स्वास्थ्य संगठनले प्रभावित क्षेत्रका बासिन्दाहरुलाई यस संक्रमणबाट बच्नका लागि आग्रह गरेको छ । त्यसका लागि विश्व स्वास्थ्य संगठनले केही उपायहरु बताएको छ । जुन निम्न छन् ।

१. साबुन पानीले हात सफा राख्नुहोस् ,
२. हाच्छ्यूँ गर्दा कपडा वा ‘टिस्यू पेपर’ले मुख छोप्नुहोस्,
३. बाहिर निस्किँदा मास्कको प्रयोग अनिवार्य गर्नुहोस्,
४. सार्वजनिक ठाउँमा सावधानी अपनाउनुहोस्,
५. रुघाखोकी लागेका व्यक्तिबाट टाढा रहनुहोस् ,
६. घरेलू र जंगली जनावरको सम्पर्कबाट टाढा रहनुहोस् ,
७. मासुजन्य परिकार राम्रोसँग पकाएर मात्रै खाने ।
८. भाइरससम्बन्धी केही संकेत देखिएमा तुरुन्त अस्पताल जानुहोस् ।

डाक्टरका लागि सल्लाह

चीन सरकारले कोरोना भाइरसलाई महामारीको संज्ञा दिएको छ । जसको मतलब यो संक्रमण जुनसुकै व्यक्तिलाई हुनसक्छ । यसको रोकथामका लागि विश्वस्वास्थ्य संगठनले अस्पताल, डाक्टर र स्वास्थ्यकर्मीका लागि विशेष सल्लाह दिएको छ ।

१. संक्रमित बिरामीलाई अलग राख्नुहोस् र उनीहरुको गतिविधिलाई नियन्त्रण गर्नुहोस् ।
२. मेडिकल मास्क, पञ्जा र गाउन पहिरिनुहोस्, आँखाको सुरक्षाको पनि ख्याल गर्नुहोस् ।
३. बिरामीसँगको सम्पर्कमा आएपछि उपकरणलाई सफा गर्नुहोस् ।
४. बिरामीसँगको सम्पर्कमा आएपछि साबुन पानीले हात धुनुहोस् ।