काठमाडौँ – चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारले नयाँ अफर ल्याएको छ । अब प्रत्येक पर्यटकले आफ्नो जन्मदिन चन्द्रागिरीमा मनाउन चाहेमा निःशुल्क केबलकार सेवा प्राप्त गर्नेछन् ।


ADVERTISEMENT


उक्त अफर चन्द्रागिरिमा जन्मदिन मनाृन चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई प्राप्त हुने चन्द्रागिरि केबलकारले जनाएको छ । ‘चन्द्रागिरि भ्रमण गर्ने पर्यटकको जन्मदिन विशेष बनाउने उद्देश्यले यो योजना ल्याइएको हो’ कम्पनीले भनेको छ । उक्त अफर उपभोग गर्नका लागि पर्यटकले आफ्नो जन्मदिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा बुझाउनुपर्नेछ ।


ADVERTISEMENT

# # #


ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।