काठमाडौँ – कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै डबल डिपोजिट मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैँकले बिहीबारदेखि गते देखि लागू हुनेगरी उक्त योजना ल्याएको हो ।


ADVERTISEMENT


डबल डिपोजिट मुद्दतीखाता योजना अन्तर्गत ग्राहकले मुद्दती राखेको ७ वर्ष २ महिनामा दोब्बर रकम प्राप्त गर्ने छन । यस प्रकारको मुद्दतीखाता खोल्नका लागि न्यूनतम रु १ लाख हुनुपर्नेछ । यसैगरी बैंकले ऐभरेष्ट इन्स्योरेन्सको सहकार्यमा रु ७ लाखसम्मको दुर्घटना बीमा सुविधा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


बैंकले देशका विभिन्न भागहरुमा ११७ वटा शाखा तथा ६२ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।