काँकरभिट्टा- नेपालको पूर्वी सीमाबाट आवतजावत गर्नेहरूका लागि भारत र नेपाल दुवैतर्फ कोरोनाभाइरसको निगरानी तथा परामर्श सुरु भएको छ। भारतले नेपालबाट आउने व्यक्तिलाई चीनबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमणका लागि छानबिन गर्न सुरु गरेपछि नेपालतर्फ पनि परामर्श कक्ष राखिएको हो।


ADVERTISEMENT


भारतले पश्चिम बंगालको दार्जिलिङ, नेपालको सीमा र बागडोग्रा विमानस्थलमा गरी चारवटा स्क्रिनिङ क्याम्पु खडा गरेको छ ।
नेपालतर्फ भने पूर्वी नाका काँकरभिट्टामा दुई जना प्रयोगशाला प्राविधिकको व्यवस्था गरी एउटा परामर्श शिविर राखिएको छ।


ADVERTISEMENT

# # #