एजेन्सी – विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको कोरोना भाइरसबारे सम्पूर्ण विश्व सावधान हुनुपर्ने बताएको छ। भाइरसको प्रकोप रोक्न सम्पूर्ण विश्वले मिलेर कदम चाल्नुपर्नेमा उसले जोड दिएको छ।


ADVERTISEMENT


विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आपत्‌काल कार्यक्रमका प्रमुख डाक्टर माइक र्‍यानले ले चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणबारे सम्पूर्ण विश्व सावधान हुनुपर्ने बताएका छन्।


ADVERTISEMENT

# # #


घातक भाइरससँग जुझ्न चीनले चालेका कदमहरूको प्रशंसा गर्दै उनले भनेका छन्, चुनौती निकै ठूलो छ, तर त्यसको सम्बोधनका लागि देखाइएका प्रतिक्रिया पनि व्यापक छन्। बिहीवार डब्लुएचओले यो भाइरसले विश्वव्यापी आपतकालीन अवस्था निम्त्याएको हो कि होइन भनी फैसला गर्न बैठक डाकेको छ।