काठमाडौँ – ‘दि युनिभर्स बोस’का उपमाले चिनिने वेष्ट इण्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।


ADVERTISEMENT


गेलललाई पोखरा राइनोजले अनुबन्ध गरेको हो । बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजक इपीएलले गेल पोखरा राइनोजबाट ईपीएल खेल्ने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा सार्वजनिक भिडियोमा गेलले आफू इपीएल खेल्न लागेकोमा खुसी व्यक्त गर्दै पोखरा राइनोजलाई समर्थन गर्न आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


गेललाई नेपाल ल्याउन विगत ५–६ महीनादेखि कसरत गरेको इपीएलका निर्देशक आमिर अख्तरले जनाए । क्रिस गेलसँगै क्रिजमा ब्याटिङर ड्रेसिङ रुममा अनुभव साझेदार गर्ने मौका नेपाली युवा खेलाडीहरुका लागि सौभाग्यको कुरा हुने बताए ।

४० वर्षीय अलराउन्डर गेलले १०३ टेस्ट क्रिकेटमा २५ शतक र ३७ अर्धशतकसहित ७ हजार २१५ रन बनाएका छन् भने ७३ विकेट आफ्नो नाममा लेखाएका छन् । यस्तै ३०१ एकदिवसीय खेल खेलका उनले २५ शतक र ५४ अर्धशतकसहित १० हजार ४८० रन हानेका छन् भने १६७ विकेट झारेका छन् । ५८ टी-२० अन्तर्राष्ट्रियमा २ शतक र २ शतक र १३ अर्धशतकसहित १ हजार ६२७ रन हानेका गेलले १७ विकेट लिएका छन् ।

गेलको टेस्टमाउच्च स्कोर ३३३ हो भने एकदिवसीयमा २१५ र टी–२० अन्तर्राष्ट्रियमा ११७ रन उच्च स्कोर आफ्नो नाममा लेखाएका छन् । इण्डियन प्रिमियर लिग (आइपीएल), बिगबास लिग (बीबीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल) लगायत विश्वका ठूला फ्रेन्चाइज लिगमा समेत आफ्नो विष्फोटक ब्याटिङको जादू देखाइसकेका गेलको आगमनसँगै यस वर्षको इपीएल भव्य बन्ने पक्का छ ।

गेल आवद्ध पोखराका मार्की खेलाडी विनोद भण्डारी हुन् ।  चौथो संस्करणको ईपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौँमा हुँदैछ ।