नोवल कोरोना भाइरसलाई नियन्त्रण बाहिर हुन थालेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।चीनबाट सुरु भएको कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको भन्दै डब्लयूएचओको आपतकालीन बैठकले विश्व स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरेको हो ।


ADVERTISEMENT


चीनमा अहिलेसम्म २ सय १३ जनाको ज्यान लिइसकेको कोरोना भाइरसले चीन बाहिर १८ देशका ९८ जनामा सङ्क्रमण भएको पुष्टि भैसकेको डब्ल्यूएचओले जनाएको छ ।


ADVERTISEMENT

# # #


धेरैजसो सङ्क्रमण चीनको वुहान शहरबाट बाहिर गएकाहरुमा देखिए पनि जर्मनी, जापान, भियतनाम र अमेरिकामा मान्छेबाट मान्छेमा सरेर सङ्क्रमण भएका आठ वटा घटना देखिएकोले बढी सचेतना आवश्यक रहेको बताइएको छ ।

विश्व आपतकालीन अवस्था घोषणा गर्नुको कारण चीनमा के भैरहेको छ भन्दा पनि अरु देशमा के भैरहेको छ भन्नेमा बढी केन्द्रित रहेको डब्ल्यूएचओ का प्रमुख टेड्रोस अडनोम गेब्रियसले बताएका छन् ।कमजोर स्वास्थ्य प्रणाली भएका देशमा फैलिएमा यो भाइरसले जटिल अवस्था ल्याउनेतर्फ पनि डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ ।