एजेन्सी । कप्तान लियोनल मेस्सीको दुई गोलको सहयोगमा बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । बिहिबार नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ५–० गोल अन्तरले हराएको हो ।


ADVERTISEMENT


बार्सिलोनाका नयाँ प्रशिक्षक क्विट सेटिन शनिबार भ्यालेन्सियासंग पहिलो हार ब्यहोर्न बाध्य भएका थिए । खेलको चौथो मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा क्लेमेन्ट लेन्गलेटले बार्सिलोनाको अग्रता दोब्बर बनाए । लियोनल मेस्सीले ५९ औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरे ।


ADVERTISEMENT

# # #


अर्थरले ७७ औं मिनेटमा बार्सिलोनालाई ४–० ले अघि बढाए । खेल सकिन एक मिनेट बाँकी छदाँ मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै क्लबलाई फराकिलो जित दिलाए । मेस्सीले बार्सिलोनाको जर्सीमा ५ सय गोल पुरा गरे । बार्सिलोनासंगै रियल मड्रिड, भ्यालेन्सिया, एट्लेटिको विल्वाओ, भिल्ला रियल, ग्रानाडा, रियल सोसिडाड र मिरन्डासले अन्तिम ८ मा स्थान पक्का गरे ।