काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।


ADVERTISEMENT


देउवाले निर्वाचनबारे छलफल गर्न अपराह्न ४ बजे कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बोलाएका हुन् । लगतै सर्बदलीय बैठक राखिएको छ ।


ADVERTISEMENT

# # #


यो बैठकमा प्रदेश र संसदको चुनावबारे छलफल हुने नेताहरुले बताएका छन् । निर्वाचन आयोगले भोलि भदौ १ गते चुनावको मिति घोषणा गर्न आग्रह गरेको छ ।

तर, प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनसम्वन्धी विधेयक संसदले पास गरेको छैन भने निर्वाचन क्षेत्र निधारण आयोगको म्याद पनि १५ दिन थएिको छ ।