काठमाडौं – नेपाल प्रहरीको सई हुँ भन्दै सोझा-साझा मानिसहरुलाई लक्षित गरी ठगी गर्ने एक पक्राउ परेका छन् । प्रहरीले बिहीबार बेलुका काठमाडौं महानगरपालिका– ९ बसुन्धरा बस्ने रामेछाप मन्थली नगरपालिका–२ टेकनपुरका राजु कार्कीलाई कलंकीबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT


प्रहरीका अनुसार कार्कीले आफू प्रहरीको सई हुँ, काठमाडौं एयरपोर्टमा कार्यरत छु र आफूसँग बैंक खातामा धेरै रकम जम्मा भएकोले कतैबाट छानबिन भएमा अफ्ठेरोमा पर्न सक्छु भन्दै आफूसँग भएको ३० लाख रुपैयाँ दिने भनी सिन्धुपाल्चोक हेलम्बुका एक व्यक्तिबाट ३ लाख रुपैयाँ गठी गरेका थिए ।


ADVERTISEMENT

# # #


कार्कीले ती व्यक्तिलाई आफूसँग भएको ३० लाख खातामा हालिदिन्छु भनी बैंक ट्रान्जेक्सन देखाउन ३ लाखको चेक काटिदिनुस्, पछि तुरुन्तै ३० लाख खातामा राखिदिन्छु भनेको प्रहरीले जनाएको छ । कार्कीले ती व्यक्तिलाई एउटै शाखाबाट उक्त रकम निकाल्न नमिल्ने भन्दै चाबहिलस्थित नेपाल बैंकको शाखामा लगेर अलपत्र छोडी नेपाल बैंक लिमिटेड, कालिमाटी शाखाबाट नगद ३ लाख रुपैयाँ निकालेका थिए ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलीले अनुसन्धानपछि उनलाई पक्राउ गरेको हो । कार्कीको साथबाट नगद ७ हजार ५ सय रुपैयाँ, बा.९१ प ७४४६ नम्बरको मोटरसाइकल, मोबाइल १ थान समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।