काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली संकलनका लािग ३ दिनको समय थप गरेको छ ।


ADVERTISEMENT


साउन १ गतेबाट जिल्ला सदरमुकामस्थित निर्वाचन आयोगको कार्यालयबाट नामावली संकलनको काम थालेको आयोगले साउन १५ गतदेखि हरेक स्थानीय तहबाट नामावली संकलनको काम सुरु गरेको थियो ।


ADVERTISEMENT

# # #


आजसम्म नामावली संकलन गर्ने जनाएको आयोगले मुलुकको पछिल्लो परिस्थिती र सरकारको आग्रह अनुसार ३ दिन थप गरेको आयोगका सुचना अधिकारी सुर्यप्रसाद अर्यालले बताए । आयोगले भाद्र १, २ र ३ गते पनि साविककै स्थानबाट मतदाता नामावली संकलनको काम गर्ने अर्यालले बताए।

आसन्न संघ र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदाता नामावली संकलन गरेको हो ।