म्याग्दी — अन्नपूर्ण हिमालको पश्चिम फेदीको खोप्राबाट तल नारच्याङ्ग गाउँ झर्ने क्रममा बाटो बिराएर बिहीबार दिउँसोदेखी बाक्लो हिउँ जमेको जंगलमा फसेका ४ जना नेपाली पर्यटक अझै फेला परेका छैनन् ।फसेका पर्यटकको खोजी तथा उद्धारमा गएका चुपिन पुर्जासमेत स्थानीयसँग सम्पर्क विहिन हुँदा थप समस्या भएको छ।


ADVERTISEMENT


शुक्रबार दिउँसो २ बजेसम्म फोनमा कुराकानी भएपनि भीर, बाक्लो हिउँ जमेको घना जंगलको बीचमा फसेकोले स्थान पत्ता नलाग्दा उद्धार गर्न अप्ठ्यारो भएको हो। बिहीबार बिहान खोप्राबाट हिँडेका काठमाडौंका अंकित शाहसमेत ४ जना आन्तरिक पर्यटक बाक्लो हिउँमा बाटो छिचोल्न नसक्दा भीर र जंगलमा पुगेका हुन्।


ADVERTISEMENT

# # #


हराएका पर्यटकको फोन लोकेसन अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ लेकगाउँदेखी माथि रेलेखोला र घलेम्दीखोलाको बीचको जंगलमा देखिएको छ। गुगल म्यापको लोकेसनले हराएका पर्यटक रहेको स्थानदेखि केही तल घलेम्दी जलविधुत आयोजनाको मुहान देखिन्छ। तर उक्त स्थानमा पुग्ने बाटोमा बाक्लो हिउँ जमेको तथा घनाजंगल भएकोले उद्धारकर्ता सजिलै पुग्न सकेका छैनन्।