सिन्धुली — बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ७ को गडौली पुल नजिक शनिबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


सिन्धुलीमाढीबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ प२५१० नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चाल २४ वर्षीय सुनिलकुमार राय राजपुतको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


अर्का मृतकको पहिचान हुन सकेको छैन । मोटरसाइकल तीव्र गतिमा भएकाले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।