काठमाण्डौ– उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत सडक छेउका १८ वटा पेट्रोल पम्प हटाइने भएको छ । काठमाण्डौका १२ र ललितपुरका ६ वटा पेटोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेपाल आयल निगम र ट्राफिक प्रहरी महाशाखालाई पत्राचार गरेको हो ।


ADVERTISEMENT


सडक छेउका र सडकको घुम्तीमा रहेका पेट्रोल पम्पको व्यवस्थापन गर्न पत्राचार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । नेपाल आयल निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले पेट्रोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निगमलाई पत्र प्राप्त भएको बताउनुभयो।


ADVERTISEMENT

# # #


निगमका निर्देशक तथा प्रवक्ता गोइतले पेट्रोल पम्पलाई पम्प हटाउन वा सार्न प्रक्रिया सुरु गर्न १५ दिनको म्याद दिइएको पनि बताउनुभयो।