काठमाडौं –कोरोना भाईरसकोप्रकोप बढेपछि चीनमा रहेका बिद्यार्थी फर्काउन सरकारले तयारी तिब्र पारेको छ । कोरोना भाइरसको संक्रमण बढेपछि चीनबाट ल्याउन लागिएका नेपाली विद्यार्थीहरुलाई १५ दिनसम्म छुट्टै स्थान (क्वारेन्टइन)मा राखिने भएको छ ।


ADVERTISEMENT


चीनबाट स्वास्थ्य परीक्षण गरेर स्वस्थ विद्यार्थीलाई मात्र नेपाल ल्याईने भन्दै स्वास्थ्य मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुको स्वास्थ्य परीक्षण समेत गरिने जनाएको छ । परीक्षणपछि संक्रमित भेटिएकालाई आइसोलेसन वार्डमा राखिर उपचार गरिने र बाँकीलाई क्वारेन्टाइनमा राखिने मन्त्रालयको आपतकालीन स्वास्थ्य परिचालन केन्द्रका प्रमुख तथा सहप्रवक्ता सागर दाहालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसका लागि सम्भावित स्थलहरुको खोजी भैरहेको दाहालले बताए ।  चीनबाट नेपाली विद्यार्थी ल्याउन जोखिम र चुनौती दुवै रहेको भन्दै उनले आवश्यक सुरक्षा सतर्कता अपनाएर नै नेपाल ल्याउन लागिएको बताए ।

कोरोना भाइरस परीक्षणका लागि किटको अभाव हुन नदिने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक सुरक्षा सतर्कता अपनाउने काम भैरहेको दाहालले बताए ।दाहालले वागमती प्रदेशका सबै अस्पताललाई तयारी अवस्थामा रहन भनिएको र इलामको पशुपतिनगर र भक्तपुर अस्पतालमा समेत हेल्थ डेस्क स्थापना गरिएको जानकारी दिए ।