कोरोनाभाइरसको संक्रमणका संक्रमितलाई लक्षित गरेर चीनले १० दिनमा तयार गरेको अस्पताल आजबाट सञ्चालनमा आउने भएको छ ।कोरोना भाइरसको केन्द्रविन्दु वुहानमा निर्माण गरिएको १ हजार शैय्याको अस्पताल सोमबारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।


ADVERTISEMENT


चिनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार, अस्पतालको सम्पूर्ण निर्माण कार्य पूरा भएको छ ।  उपचारमा १४ सय अनुभवि सैनिक मेडिकल स्टाफ नयाँ अस्पतालमा संलग्न रहनेछन् ।


ADVERTISEMENT

# # #


उनीहरुले नै नयाँ अस्पतालसँगै अन्य क्षेत्रका बिरामीको उपचार गर्नेछन् । त्यस्तै, कोरोना भाइरस संक्रमितको उपचारका लागि दोस्रो अस्पताल पनि द्रुत गतिमा निर्माण भइरहेको छ । बीबीसीका अनुसार, दोस्रो अर्को अस्पतालको निर्माण बुधबारसम्ममा सम्पन्न भइसक्नेछ।

डिसेम्बर अन्तिम साताबाट कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनसहित विश्वका विभिन्न देशका लागि टाउको दुखाइको विषय भनेको छ । चीनमा मात्रै यो भाइरसका कारण ३ सय ६१ जनाको ज्यान गएको छ भने १७ हजार मानिस संक्रमित छन् ।