काठमाडौँ – अमेरिकाको राष्ट्रिय क्रिकेट टिम १० वर्षपछि नेपाल आएको छ । यही माघ २२ गतेदेखि काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र ओमानविरुद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि अमेरिकी टिम साँझ काठमाडौँ ओर्लिएको हो ।


ADVERTISEMENT


अमेरिकन टोली भारतको मुम्बईमा प्रशिक्षण र ३ दिन अभ्यास खेल खेलेर नेपाल अमेरिकी टोली अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) विश्वकप क्रिकेट लिग–२’ प्रतियोगिताका लागि नेपाल आइपुगेको हो । यसअघि अमेरिकी क्रिकेट टोली सन् २०१० मा डिभिजन पाँच खेल्न नेपाल आएको थियो ।


ADVERTISEMENT

# # #


अमेरिका उक्त प्रतियोगिताको फाइनलमा आयोजक नेपालसँग पराजित भएको थियो । तर, लिग चरणको भेटमा अमेरिका विरुद्ध हारको संघारमा पुगेपछि नेपाली समर्थकले मैदानमा ढुंगा प्रहार गरेपछि खेल केहीसमय स्थगित बनेको थियो । त्यसपछि सुरु भएको खेलमा ओभर घटाइएपछि नेपाल विजयी भएको थियो । दर्शकको अभद्र व्यवहारपछि आइसीसीले नेपालाई केही वर्ष आफ्ना प्रतियोगिता आयोजना गर्न दिएको थिएन । तर, त्रिवि क्रिकेट मैदानको सुधार र केही सुरक्षा प्रणालीमा व्यवस्थित गरेपछि आयोजनाका लागि खुला गरेको थियो ।

त्यसपछि अमेरिकाले नेपाली मैदानमा घरेलू टिमसँग खेलेको छैन । एक दशकपछि आइसीसी लिग २ का लागि नेपाल आएको अमेरिका अहिले बलियो स्थितिमा रहेको छ । उसका अधिकांश खेलाडी भारत, वेष्टइण्डिज, दक्षिण अफ्रिका र अष्ट्रेलियाका रहेका छन् । अमेरिका जारी प्रतियोगितामा ८ खेलमा ६ जितसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

यता नेपालले भने घरेलू भूमीबाटै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।