नेपाल राष्ट्र बैंक सञ्चालक समितिको एक सदस्य पद आजबाट रिक्त हुने भएको छ । अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहेका अर्थ सचिव डा। राजन खनाल अवकाश हुने भएसँगै एक सञ्चालक समिति पद आजबाट रिक्त हुने भएको हो ।


ADVERTISEMENT


राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष गभर्नर नै हुने व्यवस्था छ भने अर्थ सचिव राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहने व्यवस्था छ । सोही व्यवस्थाअनुसार खनाल राष्ट्र बैंकको सञ्चालक थिए ।


ADVERTISEMENT

# # #


अनिवार्य अवकाश पाएर खनाल आगामी २२ गते सरकारी सेवाबाट बिदा हुँदैछन् । अवकाश पाउन २ दिन बाँकी नै रहे पनि राष्ट्र बैंकले भने आज नैउनको बिदाइको तयारी गरेको छ । आज बस्ने सञ्चालक समिति बैठकले खनालको बिदाइ गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।