काठमाडौं – स्पेनिस क्लब बार्सिलोनाको सामाजिक सञ्जालमा नेपाली अभिनेत्री प्रियंका कार्की छाएकी छन् ।


ADVERTISEMENT


बार्सिलोना र लेभान्टेबीचको खेल हेर्न बार्सिलोना पुगेकी प्रियंकाको तस्बिरलाई बार्सिलोनाले आफ्नो फेसबुक पेजमा राखेको हो ।


ADVERTISEMENT

# # #


करिब साढे १० करोड फलोअर्स भएको आफ्नो फेसबुक पेजमा अभिनेत्री कार्कीको फोटो राख्दै बार्सिलोनाले ‘वी लभ नेपाल’ लेखेको छ । प्रियंकाले आइतबार राति पनि खेलअघि ‘ला लिगा’को फेसबुक लाइभमार्फत नेपाललाई प्रतिनिधित्व गरेको बताएकी थिइन् ।