काठमाडौँ – नेपाली स्पिनर सुसन भारीले आफ्नो एकदिवसीय क्रिकेटको डेब्यू खेलमै तीन विकेट हात पारेका छन् । काठमाडौँमा बुधबारदेखि सुरु भएको आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तगर्त ओमानविरुद्ध सुसनले चार विकेट हात पारेका हुन् ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुसनले ओमान विरुद्ध १० ओभर गर्दै एक मेडेन ओभर फाल्दै मात्र १४ रन दिएर ३ विकेट चट्काए । त्यसक्रममा उनले ओमानका खाबर अली (५), कप्तान जिशान मम्सुद (२०) र सन्दीप गौड (३३) लाई आउट पारे ।


ADVERTISEMENT

# # #


टस जितेर बलिङ थालेको नेपालले सुसनको तीन विकेटसँगै सातौँ सफलता हात पारेको छ ।  ताजा अवस्थामा ओमानले ४६ औँ ओभरमा ७ विकेट गुमाएर १५१ रन बनाएको छ ।  नेपाललाई करण केसीले २ तथा दीपेन्द्र सिंह ऐरीले एक विकेट हात पारेका छन् ।