काठमाडौँ –आइसीसी क्रिकेट वर्ल्ड कप लिग टु अन्तरगतको पहिलो खेलमा ओमानले घरेलू टोली नेपाललाई १९८ रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आनेमानले निर्धारित ५० ओभरमा विकेट ९ गुमाउँदै १९७ रन बनाएको हो । ओमानका लागि मोहम्मद नादिमले सर्वाधिक ६९ रन बनाए । प्रतियोगिताको पहिलो अर्धशतक प्रहार गरेका उनले ९६ बलमा ५ चौका र २ छक्का प्रहार गरे । यस्तै ओमानका लागि सन्दीप गाउडले ३३, मोहम्मद नासिमले २८, जासिन मक्सुद २० र अकिव इल्याज १६ रनमा आउट भए ।


ADVERTISEMENT

# # #


नेपालका लागि करण केसीले चार विकेट लिए भने सुसन भारीका नाममा तीन विकेट रह्यो । करणले ९ आभरमा एक मेडेन राख्दै ४७ रन खर्चिएर चार विकेट लिए । यस्तै  सुसनले ओमान विरुद्ध १० ओभर गर्दै एक मेडेन ओभर फाल्दै मात्र १४ रन दिएर ३ विकेट चट्काए । त्यसक्रममा उनले ओमानका खाबर अली (५), कप्तान जिशान मम्सुद (२०) र सन्दीप गौड (३३) लाई आउट पारे ।

दीपेन्द्र सिंह ऐरीले एक विकेट लिनुका साथै अकिब इल्याजलाई उत्कृष्ट रनआउटद्वारा पेवेलियन फर्काए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।