काठमाडौँ – एनआईसी एशिया बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । विभिन्न डिजिटल भुक्तानी सेवाहरुको प्रयोग गरी सूर्या लाइफ इन्स्योरेन्सको बीमा शूल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क बुझाउन सकिने गरी दुई कम्पनीबीच समझदारी भएको हो ।


ADVERTISEMENT


उक्त समझदारीपत्रमा बुधबार बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे । यस बैंकले डिजिटल भुक्तानीलाई व्यापकता दिँदै आइरहेकामा पछिल्लो पटक सूर्या लाइफ इन्स्योरेन्ससँगको समझदारीले ग्राहकहरु थप लाभान्वित हुने बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


उक्त समझदारी अनुसार सूर्या लाइफका ग्राहक महानुभावहरुले यस बैंकका क्यूआर कोड, कार्ड पीओएस, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ लगायत विभिन्न डिजिटल भुक्तानी माध्यमहरुको प्रयोग गरि रकम भुक्तानी गर्न सक्नेछन् ।

यस समझदारी पश्चात सेवाग्राहीले ठूलो नगद रकम बोक्ने झन्झटबाट मुक्ति पाउनेछन् भने भीड रहित र सरल सेवा पनि प्राप्त गर्न सक्नुक्ने बैँकको भनाई छ । साथै, आगामी दिनहरुमा बैंकले संचालनमा ल्याउने इन्टरनेट भुक्तानी गेटवे लगायत अन्य डिजिटल सेवा समेत सूर्या लाइफ इन्स्योरेन्सका ग्राहकहरुलाई उपलब्ध गराइने बताइएको छ । विश्वमा बैंकहरुले डिजिटल सेवालाई जोड दिइरहेकोमा एन आइ सी एशियाले पनि यसै गरि डिजिटल भुक्तानीलाई बढाउदै लानेछ ।

बैंकले मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४४१ एटिएम, १०४ वटा एक्स्टेन्सन काउण्टर एवं ४८ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।