काठमाडौं – काठमाडौँमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा ओमानले लगातार दोस्रो जीत हात पारेको छ । अकिब इल्याज र मोहम्मद नादिमको उत्कृष्ट ब्याटिङ मदतमा ओमानले बिहीबार अमेरिकालाई ६ विकेटले हराएको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानविरुद्ध टस हारेर ब्याटिङ थालेको अमेरिकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २१३ रन बनायो । २१४ रनको चुनौति पच्छ्याएको ओमानले ४९.३ ओभरमा ४ विकेटको क्षतीमा लक्ष्य हासिल गरेको हो । ओमानको जितका लागि अकिब इल्याज र मोहम्मद नादिमले अर्धशतक प्रहार गरे । इल्याजले ११० बलमा ६ चौका र २ छक्का प्रहार गरे । यस्तै नादिमले ८५ बलमा २ चौका र एक छक्कासहित ५५ रनमा नटआउट रहे ।


ADVERTISEMENT

# # #


यस्तै खाबर अलीले ३३ रन बनाउँदा कप्तान जीशन मक्सूदले ११ रन बनाए । सुरज कुमार ३३ रनमा नटआउट रहे । यतचा अमेरिकाका लागि सौरभ नेत्रभाल्कर, रस्टी थेरोन, इयान होल्याण्ड र स्टिभिन टेलरले समान १ १ विकेट हात पारे ।

यसअघि अमेरिकाका लागि इयान हल्यान्डले अर्धशतकीय पारी खेले । हल्याण्डले ७८ बल खेल्दै ७ चौका मद्दतमा सर्वाधिक ६५ रन बनाए । यस्तै अक्ष होमराजले ४४ रन बनाए । उनले ५३ बल खेल्दै ३ चौका २ छक्का प्रहार गरे । यस्तै मोनाक पटेल १९, तिमिल पटेलले १६, आरोन जोन्सनले १३ र रस्ती थेरोनले १० रन बनाए । ११औं नम्बरमा ब्याटिङ गरेका कप्तान सौरभ नेत्रभाल्करले अविजित १४ रन बनाए ।

ओमानका लागि मोहम्मद नदिमले ३ विकेट लिए भने जिसन मक्सुद, अकिब इल्यास र विलाल खानले २–२ विकेट लिए । ओमानले जारी त्रिकोणत्मक सिरिजको पहिलो खेलमा घरेलू टिम नेपाललाई १८ रनले पराजित गरेको थियो । आजको जितसँगै ओमान ८ खेलमा ६ जितसहित १२ अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । अमेरिका ९ खेलमा ६ जितका साथ १२ अंक नै रहेको अमेरिका ओमानभन्दा रनरेटले अघि छ ।

यता नेपालले तीन वर्षसम्म चल्ने लिग २ को पहिलो खेलमा हार ब्यहोरेको छ । नेपालले अर्को खेल शनिबार अमेरिकासँग त्रिवि मैदानमा खेल्दैछ ।