एजेन्सी– इजरायली सेनाको कारवाहीमा चार जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ । इजरायली सेनाले वेस्ट बैंकको हमास समूहलाई सहयोग पुर्‍याएको आशंकामा गरेको हवाइ हमलामा मारिन]को संख्या चार पुगेको हो ।


ADVERTISEMENT


सर्वसाधारणले आक्रमणको प्रयास गरेपछि जवाफी कारवाही गर्नुपरेको इजरायली सेनाले दावी गरेको छ । मारिनेमा विद्यार्थी र एक जना प्रहरी समेत रहेको बताइएको छ ।


ADVERTISEMENT

# # #


इजरायली सेनाले भने आतंककारीहरुले विस्फोटक पदार्थ भरिएका उपकरणमार्फत आक्रमणको प्रयास गरेपछि जवाफी कारवाही गरेको स्पष्ट पारेको छ ।

यसैबीच इजरायलले वेस्ट बैंकमा थप एक हजार जना सुरक्षाकर्मी परिचालन गर्ने बताइएको छ ।