काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज पनि संसद बैठक अवरोध गरेको छ । कांग्रेसले पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई मुद्दा दायर गरिएको भन्दै शुक्रबार पनि अवरोध गरेको हो ।


ADVERTISEMENT


शुक्रबार प्रतिनिधि सभा बैठक सुरु हुनासाथ कांग्रेसका सांसद आफ्नो सिटबाट उभिएरका थिए । सभामुख अग्निप्रसाद सापकोटाले कांग्रेसका मिनबहादुर विश्वकर्मालाई बोल्न समय दिएका थिए । सांसद विश्वकर्माले प्रचलित कानून र संवैधानिक निकायको निष्पक्षता र स्वतन्त्रता नै कमजोर हुने गरी राजनीतिक पूर्वाग्रह भई नेता गच्छदारविरुद्ध मुद्दा दायर भएको ठहर गरेकोले बैठक अगाडि बढाउन नदिने बताए ।


ADVERTISEMENT

# # #


पटक पटक आग्रह गर्दा पनि कांग्रेस सांसदले नमानेपछि सभामुख सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् । गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको जग्गा प्रकरणमा उपसभापति गच्छदारलगायत विभिन्न व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।