ललितपुरको विभिन्न ९ स्थानमा आज विद्युत अवरुद्ध भएको छ । पुल्चोक वितरण केन्द्रको पाटन कुपण्डोल फिडरबाट वितरित ११ के.भी लाइनमा सपोर्ट च्यानल राख्नु पर्ने भएकाले विद्युत आपूर्ति बन्द गरिएको केन्द्रले जनाएको छ । बिहान ११ बजेखि साझ ४ बजेसम्म विद्युत अवरुद्ध हुने केन्द्रले जनाएको छ ।


ADVERTISEMENT


यस फिडर अन्तर्गत छवाहल, पाटन ढोका, नपहिटी, कुम्भेश्वर, शंखमूल, मङ्गल बजार, लगनखेल लगायतका स्थानमा विद्युत अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ ।


ADVERTISEMENT

# # #