काठमाडौँ – आइसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत अमेरिकाविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ । नेपालका लागि युवा स्टार सन्दीप लामिछाने र करण कसीले समान २-२ विकेट लिएका हुन् ।


ADVERTISEMENT


सन्दीपले पहिलो विकेटका रुपमा खेलको दोस्रो ओभरमा आरोन जोन्सलाई ५ रनमा आउट पारे । यस्तै करण केसीले नेपाललाई दोस्रो र तेस्रो सफलता दिलाए । करणले व्यक्तिगत पहिलो तथा टिमका लागि दोस्रो विकेटका रुपमा स्टिभिन टेलरलाई शून्य रनमा दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट गराए । यस्तै जेभियर मार्सललाई २ रनमा आउट पारे ।


ADVERTISEMENT

# # #


त्यस लगत्तैको ओभरमा सन्दीपले मोनाक पटेललाई ४ रनमा एलबीडब्यू धरापमा पारे ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा १९१ रनको चुनौति पच्छ्याउँदै मैदान उत्रिएको अमेरिकाले ४ ओभरको समाप्तीमा १३ रनमै ४ विकेट गुमाएको हो ।

यसअघि विनोद भण्डारी र कुशल मल्लको अर्धशतकमा नेपालले १९० रन बनाएको थियो ।