काठमाडौँ – कुशल मल्ल र विनोद भण्डारीको अर्धशतक मदतमा नेपालले आइसीसी विश्व क्रिकेट लिग २ अन्तगर्त आफ्नो दोस्रो खेलमा अमेरिकालाई १९१ रनको चुनौति थिएको छ ।


ADVERTISEMENT


शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनाएको हो । नेपालका लागि आजै डेब्यू गरेका १५ वर्षीय युवा अलराउन्डर कुशल मल्ल र विनोद भण्डारीले अर्धशतक प्रहार गरे । एकदिवसीय क्रिकेटमा अर्धशतक प्रहार गर्ने सबभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाएका कुशलले ५१ बलमा ५० रनको योगदान दिए । त्यसक्रममा उनले ४ चौका र ३ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै विनोद भण्डारीले ७९ बलमा ६ चौका र एक छक्काको मदतमा ५९ रन रन बनाए । २०.५ ओभरमा ४९ रन बनाउँदा ५ विकेट गुमाएर दबाबमा आएको नेपालका लागि यी दुई जनाले इनिङ उकासेका थिए । त्यसक्रममा विनोद र कुशलले छैटौँ विकेटका लागि ८४ रनको शानदार साझेदारी गरे ।

त्यसअघि नेपालले ६ रन बनाउँदा पहिलो विकेट रुपमा सुवास खकुरेललाई गुमायो । अनुभवी ब्याट्म्यान शरद भेषावकर चोटका कारण सिरिजबाट बाहिरिएपछि उनको स्थानमा आएका खकुरेलले व्यक्तिगत ३ रन बनाए

यस्तै कप्तान ज्ञानेन्द्र मल्ले व्यक्तिगत २१ रनको योगदान दिए । त्यसक्रममा उनले ३९ बलमा चार चौका प्रहार गरे । यस्तै पारस खड्को ५२ बलमा २ चौकाको मदतमा १९ रन बनाउँदा दीपेन्द्र सिंह ऐरी शून्य र आरिफ शेख २ रनमा आउट भए । यस्तै करण केसी १२ तथा सन्दीप लामिछाने शून्य रनमा आउट हुँदा सुसन भारीले ११ तथा अभिनास बोहराले ५ रन प्रहार गरे । ।

अमेरिकाका लागि क्यामरुन स्टिभेन्सनले ३ तथा रस्टी थेरोन र सौरभ नेत्रभाल्करले समान २-२ विकेट लिए । यस्तै करिमा गोरका नाममा १ विकेट रह्यो । नेपाल, अमेरिका र ओमानसम्मिलत जारी सिरिजमा पहिलो खेलमा ओमानसँग पराजित भएका यी दुबै टोली पहिलो जितको खोजीमा रहेका छन् ।

अमेरिकाले जवाफी ब्याटिङ गर्दैछ ।