एजेन्सी – स्पेनिस लिगमा बार्सिलोनाले पुनरागमन जित निकालेको छ । आईतबार भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३–२ गोल अन्तरले हराएको हो । क्लिमेन्ट लेन्जलेटले ७२ औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाएका हुन् ।


ADVERTISEMENT


खेलमा दुई पटक पछि परेको स्थितीलाई उल्ट्याउँदै बार्सिलोनाले जित दर्ता गरेको छ । बार्साले शीर्ष स्थानको रियल मड्रिडसंगको दुरी कम गरेको छ । सर्जियो क्यानाल्सले छैटौ मिनेटमा पेनाल्टीमा घरेलु टोली बेटिसलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटमै बार्सिलोनाका फ्रेन्की डी जोङले खेल बराबरीमा ल्याए ।


ADVERTISEMENT

# # #


नबिल फेकिरको गोलसंगै घरेलु टोली पुन २६ औं मिनेटमा खेलमा अगाडी बढेको थियो । पहिलो हाफको ईन्जुरी समयमा बार्सिलोनाका सर्जियो बुस्केटले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । फेकिर ७६ औ मिनेटमा दोहोरो पहेलो कार्ड खादै मैदान छाडेपछि बेटिस क्लब १० खेलाडीमा सिमित बनेको थियो । त्यसको तीन मिनेटपछि बार्साका लेन्जलेट समेत दोहोरो पहेलो कार्डका कारण मैदान छाडेका थिए ।

बार्सिलोनाले २३ खेलबाट ४९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा यथावत छ । शीर्ष स्थानको रियल मड्रिडको ५२ अंक छ । बेटिस क्लब २८ अंक सहित १३ औं स्थानमा छ ।