काठमाडौं – कामना सेवा विकास बैंकले लामाचौर बगैँचा स्थित अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरलाई सहयोग प्रदान गरेको छ । बैँकले पोखरा महानगरपाविलका वडा नं. १९ पुरुन्चौरस्थित आफ्नो शाखा कार्यालय मार्फत आफ्नो कर्पोरेट सामजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत एक लाख प्रदान गरेको छ ।


ADVERTISEMENT


बैँकका अनुुसार उक्त सहयोग मन्दिरमा आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि आर्थिक सहयोग स्वरुप रु १ लाखको चेक हस्तान्तरण गरेको हो । उक्र सहयोग पोखरा महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष शोभामोहन पौडेल तथा कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।


ADVERTISEMENT

# # #


बैंकका सञ्चालक देवकृष्ण काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरका अध्यक्ष भरतराज आचार्यले स्वागत मन्तव्य राखेका थिए । यस्तै वडाअध्यक्ष शोभामोहन पौडेल तथा मन्दिर व्यवस्थापन समितिका सदस्य काशी राज आचार्यले मन्तव्य राख्दै बैंकले समाजिक क्षेत्रमा समेत सराहनिय कार्य गरेकोले धन्यवाद ज्ञापन गरे ।

उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १९ का सदस्य कृष्ण प्रसाद गौतम, अकला आधारभुत विद्यालय र अकला आमा समुहका अध्यक्ष श्रीमती पार्वती काफ्ले, अकला आधारभुत विद्यालयका प्रध्यानध्यापक श्रीमती सिता काफ्ले, अकलादेवी तथा लक्ष्मी नारायण मन्दिर पुजारी ज्योतिस लक्ष्मण पौडेल लगायतको उपस्थिति रहेको थियो ।

बैँकले देशभर ११८ वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटीएममार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।