काठमाडौँ – मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली उत्कृष्ट महिला व्यवस्थापकको अवार्डबाट सम्मानित भएकी छिन् ।


ADVERTISEMENT


शुक्रबार नेपाल व्यवस्थापन संघ(म्यान)को साधारणसभामा उनी उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्मानित भएकी हुन् । खुञ्जेली वाणिज्य बैंकमा पहिलो महिला सिईओ हुन् ।


ADVERTISEMENT

# # #


यसैगरी म्यानेजर अफ दिइअरको उपाधीबाट राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई सम्मानित गरिएको छ ।

म्यानले हरेक वर्ष उत्कृष्ट व्यवस्थापकको रुपमा म्यानेजर अफ दि इअरबाट सम्मानित गर्दै आएको छ।