काठमाडौ । नेपालमा भूकम्प पश्चातको पुनर्निर्माणमा भारत सरकारको प्रयास स्वरुप नुवाकोट जिल्लाका स्थानीय सरकारका २१ निर्वाचित प्रतिनिधिहरुका लागि युनाइटेड नेशन् फर प्रोजेक्ट सर्भिसिज्
ले भारतमा २०७६ माघ २७ देखि फाल्गुण २ गते सम्म परिचयात्मक भ्रमणको आयोजना गरेको छ । दुई नगरपालिकाका मेयर-उपमेयर, आठ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरु, नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख तथा नेपाल पत्रकार महासंघका एक अधिकारी उक्त भ्रमणमा सहभागी भएका छन् ।


ADVERTISEMENT


२. भारत भ्रमणका क्रममा प्रतिनिधिहरुले रुड्कीस्थित केन्द्रिय भवन अनुसन्धान संस्थानमा रहेका शेक् टेबल् टेस्टिङ फसिलिटि स्ट्रक्चर् इन्जिनियरिङ ल्याब, फायर् टेक्नलजि डेमन्स्ट्रेशन् ल्याब र रुरल् पार्कको अवलोकन गर्नेछन् । दिगो शहरी विकास तथा जीविका समायोजनका लागि सहभागीतामूलक प्रक्रिया बुझ्न यी प्रतिनिधिहरुले क्युर् नामक संस्थाको भ्रमण गर्नेछन् । इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (इनट्याच) मा प्रतिनिधिहरुले भूकम्प पश्चातको संरक्षण तथा पुनःस्थापना कार्यबारे जानकारी लिनुका साथै (इनट्याच) हेरिटेज एकेडेमीको पनि भ्रमण गर्नेछन् ।


ADVERTISEMENT

# # #


३. नुवाकोट जिल्लामा २३,०८८ घरको पुनर्निर्माण गर्न भारत सरकारले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ । नेपाल सरकारले अघि सारेको स्वनिर्माणको अवधारणलाई मूर्त रुप दिन युनाइटेड नेशन् फर प्रोजेक्ट सर्भिसिज् ले भूकम्प उत्थानशील आवास निर्माणका लागि घरधनीहरुलाई सामाजिक–प्राविधिक सहजीकरण प्रदान गर्दै आएको छ ।

४. विपद् व्यवस्थापन, पुनःस्थापना तथा भूकम्प प्रतिरोध सम्बन्धी समुदायमा जनचेतना बढाउँदै भूकम्प उत्थानशील पूनर्निर्माण सुनिश्चित गर्नका लागि यस भ्रमणले प्रमुख स्थानीय सरोकारवालाहरुको क्षमता अभिवृद्घि गर्न मार्ग प्रशस्त गर्नेछ ।