काठमाडौँ – प्रतिनिधिभिा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको सम्बोधन स्थगित भएको छ । राष्ट्रिय सभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि शुक्रबारका लागि तय भएको प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।


ADVERTISEMENT


आजको बैठकमा शोक प्रस्ताव पारित गरी स्थगित गरी संसद बैठक स्थगित हुने संसदीय सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रधानमन्त्रीको सम्बोधन अर्को बैठकसम्मका लागि सरेको छ ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभाको अर्को बैठक भोलि (शनिबार) ११ बजे तोकिएको छ । प्रधानमन्त्रीले ओलीले शुक्रबार सरकारको दुईवर्षे कार्यकालका उपलब्धीहरु संसदमा बताउने कार्यक्रम रहेको थियो । तर, राष्ट्रियसभा सदस्य उपाध्यायको निधनपश्चात प्रमुख प्रतिपक्षी दल नेपाली कँंग्रेसले शाकप्रस्ताव पारित गरेर संसद स्थगित गर्न माग गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।

राष्ट्रियसभा निर्वाचानमा प्रदेश नं. ५ बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित ५१ वर्षीय उपाध्याय क्यान्सरसँग लडिरहेका थिए । उनको उपचारका क्रममा निधन भएको संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले बताएका छन् ।