काठमाडौं –अवैध लागूऔषध पोल्याण्ड २ किलोसहित एकजना पक्राउ परेका छन् । प्रहरीले बिहीबार चन्द्रागिरी नगरपालिका–२ नागढुङगाबाट रामेछाप दोरम्बाका भिम बहादुर मगरलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा५ ख ६२५१ नम्बरको यात्रुबाहक सवारी साधनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।