काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेको छ ।


ADVERTISEMENT


कांग्रेस सभापति शेरबहादुर देउवाले एक शोक वक्तव्य जारी गर्दै राष्ट्रिय सभा सदस्य उपाध्यायको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनहरु र पार्टीको संगठनमा सक्रिय योगदान पुर्‍याएका उपाध्यायको निधनले कांग्रेसलाई अपूरणीय क्षती पुगेको उनले बताएका छन् ।


ADVERTISEMENT

# # #


शुक्रबार जारी एक शोक वक्तव्यमा उनले भनेका छन्, ‘स्वर्गीय उपाध्यायले नेपालको लोकतान्त्रिक आन्दोलनहरु र पार्टीको संगठनमा सक्रिय योगदान पुर्‍याउनु भएको थियो । उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ ।’

नेपाली कांग्रेस रुपन्देहीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायको आज (शुक्रबार) बिहान उपचारका क्रममा निधन भएको थियो । ५१ वर्षीय उपाध्याय क्यान्सर रोगसँग लडिरहेका थिए । उनी वि.सं. २०७४ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश नं. ५ बाट राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका थिए ।

यस्तै प्रतिनिधिसभाको आजको बैठकले उपाध्यायको असामयिक निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।